सोल । दक्षिण कोरियामा भएको विमान दुर्घटना स्थलमा ८५ जनाको शव फेला परेको बीबीसीले जनाएको छ । आइतबार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको थियो ।
शव फेला पर्नेमा ३९ जना पुरुष र ४६ जना महिला रहेको बताइएको छ । यस अघि भने दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्हापले २ जना बाहेक सबै जनाको निधन भएको आशङ्का भनेको थियो । जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहँदा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।
विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए । यस घटनामा अहिलेसम्म दुई जनाको जीवितै उद्धार गरिएको दमकल विभागका अधिकारीहरूले बताएका छन् ।
उद्धार हुनेमा एक जना यात्रु र एक जना चालक दलका सदस्य भएको बताइएको छ । अहिलेसम्म दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसियाको दक्षिण कोरियाको विजयी शुरूआत
दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी
दक्षिण कोरिया पुगे १ लाख २० हजार युवा
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि नयाँ पक्राउ पूर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी