सिन्धुपाल्चोक । आफ्नै बुबा ५० वर्षीय यदुबहादुर बस्नेतको हत्या गरेको अभियोगमा ३४ वर्षीय छोरा राजाराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
राजारामले शनिबार राति कुटपिट गर्दा यदु गम्भीर घाइते भएको थियो । सोही खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले राजारामलाई पक्राउ गरेको हो ।
कुटपिटबाट गम्भीर घाइते भएका यदुको मेडिकल कलेज अत्तर खेलमा थप उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । राजाराममाथि कारबाही तथा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ पुस २०८१, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ