काठमाडौँ । झापामा लागु औषधसहित एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका ३ की २९ दुर्गा धिमाललाई पक्राउ गरेको हो ।
धिमालको साथबाट ४ केजी गाँजा बराबद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
साथै धिमालबाट २,३६० भारतीय रुपैयाँ, ३,०६,८७० नेपाली रुपैयाँ, १ थान तराजु, ८ वटा ढक, ६७ वटा माटोका चिलिम, १० पिस लाइटर, १० मिटर डोरी, ५० पिस प्याकेजिङ प्लाष्टिक, ३ थना चक्कु, १ थान कैची, २ थान अचानो, एउटा हथौडा र १ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०७ पुस २०८१, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ