काठमाडौँ । झापामा लागु औषधसहित एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका ३ की २९ दुर्गा धिमाललाई पक्राउ गरेको हो ।
धिमालको साथबाट ४ केजी गाँजा बराबद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
साथै धिमालबाट २,३६० भारतीय रुपैयाँ, ३,०६,८७० नेपाली रुपैयाँ, १ थान तराजु, ८ वटा ढक, ६७ वटा माटोका चिलिम, १० पिस लाइटर, १० मिटर डोरी, ५० पिस प्याकेजिङ प्लाष्टिक, ३ थना चक्कु, १ थान कैची, २ थान अचानो, एउटा हथौडा र १ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०७ पुस २०८१, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ