काठमाडौं । परराष्ट्र सेवाका पाँच जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्।
जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा नेपाल परराष्ट्र सेवा बढुवाका लागि उम्मेदवारी दिएका १० मध्ये पाँच जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्।
बढुवा सिफारिस हुने पहिलो नम्बरमा उपसचिव पुष्पराज भट्टराई, दोस्रो नम्बरमा मणिरन्त शर्मा, तेस्रो नम्बरमा लोकबहादुर पौडेल, चौथो नम्बरमा किरण शाक्य र पाँचौ नम्बरमा दुरपदा सापकोटा रहेका छन्।
उनीहरूसँगै सहसचिव बढुवाका लागि उपसचिव दधिराम भण्डारी, हरिप्रसाद ओडारी, प्रकाश अधिकारी, डमरुबल्लभ पौडेल र पारस पण्डित पनि प्रतिस्पर्धामा थिए।
बढुवामा चित्त नबुझेका आगामी ३५ दिनभित्र उजुरी दिन सक्ने कानुनी व्यवस्था छ। त्यसपछि बढुवा समितिको सिफारिस अनुसार सरकारले सहसचिवमा बढुवा गर्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्र मन्त्री आरजूसँग रेशमको भेट
परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी
धेरै बजेट खर्च गर्नेमा परराष्ट्र पहिलो, उद्योग मन्त्रालयको सबैभन्दा कम