काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले सुनसरीको धरानमा १९० किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट मंगलबार दिउँसो करिब १९० किलोग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ गरी ल्याउँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश धरानले बरामद गरेको हो ।
कारलाई जाँचका लागि रोक्ने क्रममा चालक सडकमा कार छाडेर फरार भएका छन् । सोही कारलाई पछ्याउँदै आएको को ३५ प २०४५ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई पनि गाँजा तस्करीमा संलग्न रहेको शंकास्पद अवस्थामा देखिएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले बताए ।
बरामद गाँजा, कार, मोटरसाइकल र नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको डीएसपी थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो