काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यले गरेको अनुसन्धानलाई प्रभावित गर्ने काम उचित नभएको बताएका छन् ।
दि राइजिङ नेपालको ५९ औँ वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान भइरहँदा राजनीतिक दलबाट वक्तव्य जारी गर्ने र सडकमा आन्दोलन गर्ने प्रवृत्तिले अनुसन्धानलाई प्रभावित गर्ने देखिएको बताएका हुन् ।
न्यायालयमा गइसकेको विषयमा त्यसले गर्ने निर्णयलाई सबैले मान्नुपर्ने उनले बताए । गुरुङले सरकारको ध्यान सुशासन तथा राजनीतिक स्थायित्व प्रदान गर्नेमा केन्द्रित रहेको उल्लेख गरे । गुरुङले अहिले संविधान र व्यवस्थामाथि भइरहेको हमलाको यथोचित जवाफ सरकारले दिइरहेको धारणा राखे ।
गुरुङले मुलुकमा दिगो स्थायित्व कायम गर्न सके मात्रै दिगो विकास सम्भव रहेको बताउँदै सरकारी सञ्चारमाध्यमलाई बलियो र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैन : मन्त्री गुरुङ
विपक्षलाई कटाक्ष गर्न मन्त्रीले संसद्मा सुनाए पीएन क्याम्पसको ०२६ सालको किस्सा