काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेश मन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् ।
युरोपेली मामिला एवं वैदेशिक व्यापार सम्बन्धी मन्त्री समेत रहेका बर्नार्डसँगको भेटमा नेपाल-बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो ।
भेटमा मन्त्री डा. देउवाले नेपाल आगामी सन् २०२६ बाट अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको जानकारी गराउँदै सो प्रक्रियालाई सहज र दिगो बनाउन तथा नेपाललाई आर्थिक, प्राविधिक लगायतको सहयोगका लागि बेल्जियमसँग आग्रह गरेकी थिइन् ।
भेटमा नेपाल र बेल्जियमबीचको आर्थिक सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने र विशेष गरी प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीमार्फत आर्थिक साझेदारीलाई थप विस्तृत बनाउने विषयमा पनि कुराकानी भएको थियो ।
नेपालको सामाजिक आर्थिक रूपान्तरणका लागि युरोपियन युनियनमार्फत तथा बेल्जियम सरकार स्वयंले पुर्याउँदै आएको सहयोगका लागि बेल्जियम सरकारलाई मन्त्री डा। देउवाले धन्यवाद दिइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २८ मंसिर २०८१, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इटालीबाट परराष्ट्र मन्त्री राणाले भनिन्-‘नेपालले नागरिकको खाद्य अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गरेको छ’
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्र मन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री भन्दा अगाडि चीन जाँदै परराष्ट्र मन्त्री राणा
काठमाडौँमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्र मन्त्री राणाको आग्रह