नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्र मन्त्री राणा

सफल खबर संवाददाता

विहीबार, १९ भदौ २०८२, १४ : १२
नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्र मन्त्री राणा

काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रहिआएको बताएकी छन् । संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुई स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज यहाँ आयोजित सामारोहमा मन्त्री डा.राणाले उक्त सहयोग नेपाल र अमेरिकाबीचको दिगो मित्रता र सहकार्यको प्रतिक हो भनिन् ।

अमेरिका प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण, मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासमा नेपालको एक विकास साझेदार र भरपर्दो मित्र रहेको उनले स्पष्ट गरिन् । मन्त्री डा.राणाले अमेरिकासँगको नेपालको मित्रता र सहकार्य सधैँ शान्ति, स्थायित्व तथा मानव सेवाको उद्देश्यमा समर्पित रहेको उल्लेख गर्दै नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद ज्ञापन गरिन् ।

मन्त्री डा.राणाले निरन्तर समर्पण र अनुशासनका साथै राष्ट्रियता, विश्व शान्ति तथा सुरक्षाप्रति अटूट प्रतिबद्धता प्रदर्शन गर्दै आएकामा नेपाली सेनाको प्रशंसा गरिन् । समारोहमा परराष्ट्रमन्त्री डा.राणा, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देललाई अमेरिकी राजदूत डिन आर थम्पसनले ती स्काइ ट्रक हस्तान्तरण गरेका थिए । स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन तथा एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस