काठमाडौँ । सर्वोच्च अदालतले चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. केशवराज भुर्तेललाई गैरकानुनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले भुर्तेललाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसला उल्ट्याएको हो ।
चार पटकसम्म भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट बनेका भुर्तेलमाथि पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग थियो ।
विशेष अदालतले डा. भुर्तेललाई ३ महिना कैद अनि ३२ लाख ५६ हजार रुपैयाँ बिगो र त्यति नै जरिबाना गराउन आदेश दिएको थियो । उनकी पत्नी रुकमिणीले पनि आरोपबाट सफाइ पाएकी छन् ।
डा. भुर्तेलमाथि भवन निर्माणमा ठेकेदारसँग मिलेर अनियमितता गरेको, उपकरण खरिदमा भ्रष्टाचार गरेको केजको जग्गा भाडामा दिँदा व्यक्तिगत लाभ लिएको लगायतको आरोपसहित गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग थियो ।
अख्तियारले उनीविरुद्ध २ करोड ६३ लाख भ्रष्टाचार गरेको अभियोग सहित ११ फागुन, २०७२ मा मुद्दा दायर गरेको थियो । ३ करोड ७२ लाख आर्जन गरेका उनले चार करोड ५ लाखको सम्पत्ति जोडेको भन्दै विशेष अदालतले ३३ लाख ५६ हजार भ्रष्टाचार गरेको ठहर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार
रेशमको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन