सुनसरी । सशस्त्र प्रहरीले गाँजासहितको अटो नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको बर्जू गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको बताइएको छ ।
विराटनगरबाट चिम्डीतर्फ आउँदै गरेको को १ ह ९३३३ नम्बरको अटोबाट सशस्त्र प्रहरी बल, नेपाल विओपी साहेवगंजको चेकप्वाईन्ट टोलीले गाँजा फेला पारेपछि अटो नियन्त्रणमा लिएको हो ।
अटोरिक्साका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ अटो सोही ठाउँमा छाडी फरार भएका थिए ।नियन्त्रणमा लिइएको अटो र गाँजा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु
गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु
गाजामा अत्यावश्यक सामग्रीको चरम अभाव, राहत ढुवानीमा ढिलाइ
करिब ४ सय ७० किलो गाँजासहित ट्रक चालक पक्राउ
गाजामा अझै भोकमरी बढ्न सक्ने डब्लुएचओको चेतावनी
गाजामा युद्ध रोक्ने घोषणा गरेको इजरायलतको आक्रमण निरन्तर