सोल । दक्षिण कोरियाको प्रहरीले राष्ट्रपति युन सुक–योलमाथि छानविन गर्न सुरु गरेको छ । मार्शल ल लागू गर्ने घोषणापछि प्रहरीले युनमाथि राजद्रोहको अभियोगमा छानबिन थालेको भन्दै बिहीबार वरिष्ठ प्रहरी अधिकारीले भनेका छन् । छानबिन शुरु भइसकेको राष्ट्रिय प्रहरी एजेन्सीको राष्ट्रिय अनुसन्धान मुख्यालयका प्रमुख वू जोङ्–सूले भनेका छन् ।
विपक्षी दलहरूले यूनसहित मंगलबार रातिको घटनाक्रमका लागि जिम्मेवार मुख्य व्यक्तिहरू विरुद्ध ऊजुरी दर्ता गरेलगत्तै अनुसन्धान सुरु भएको हो । राजद्रोेहको अपराधमा मृत्यु दण्डको व्यवस्था छ । यो अपराधमा राष्ट्रपतिले पनि माफी पाउदैनन् । शनिबार युनले अविश्वासको मतदानको सामना गर्दैछन् ।
मंगलबार राति मार्शल ल लागू गर्ने युनको निर्णयको विरुद्धमा बुधबार प्रतिपक्ष दलले उनीमाथि अविश्वासको प्रस्ताव पेस गरेको थियो । संसद्मा पेश भएको ७२ घन्टाभित्र मतदान भएन भने यो प्रस्ताव खारेज हुनेछ । तर यो प्रस्ताव खारेज भयो वा विपक्षमा मत आयो भने पनि नयाँ प्रस्ताव पेश गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० मंसिर २०८१, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी
दक्षिण कोरियामा एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु