काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा भारतीय क्रीकेटर शिखर धवनको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले काठमाडौ गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।
टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको हो । कर्णालीका शिखर धवनले ५१ बलमा अविजित ७२ रन बनाए ।
पहिलो खेल गुमाएका दुवै टोली पहिलो जितको खोजीमा रहनेछन् । पहिलो खेलमा काठमाडौं चितवन राइनोजसंग ५ विकेट र कर्णाली जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०८१, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा