काठमाडौँ । आफूले कारबाही सिफारिस गरेको सांसदलाई पदमुक्त नगरेपछि जनमत पार्टी सभामुख देवराज घिमिरेमाथि निरन्तर खनिँदै आएको छ । सांसद गोमा लाभ (सापकोटा)को कारबाही सम्बन्धमा सभामुखले गरेको निर्णयउपर जनमतले विज्ञप्ति नै जारी गरेपछि सभामुखको सचिवालय पनि बोलेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै सभामुखको सचिवालयले जनमतले जारी गरेको विज्ञप्तिमा प्रयोग भएका शब्द र भाषा अत्यन्तै निन्दनीय, मिथ्या र भ्रमणपूर्ण रहेको उल्लेख गरेको छ ।
प्रेस सल्लाहकार शेखर अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘संसदीय कार्यहरू संविधान, कानुन, संसद् नियमावली र अभ्यास बमोजिम सञ्चालन हुन्छन्, सभामुखले गरेका निर्णय पनि त्यसबाहिर छैनन् भन्ने स्पष्ट पार्न चाहन्छु । जनमत पार्टीलाई ‘माननीय सापकोटा सम्माननीय सभामुखको नातेदार भएको’ भन्ने आरोप पुष्टि गर्न चुनौती दिन चाहन्छु । सभामुखले आफू निर्वाचित भएकै दिन संसद्को निष्पक्ष सञ्चालनका लागि राजनीतिक दलका सबै आबद्धता त्याग गर्नुभएको स्मरण गराउँदै सबै राजनीतिक दल र माननीय सदस्यहरूप्रति समान व्यवहार प्रदर्शन गर्नुभएकोमा कुनै शंका छैन ।’
एउटा राष्ट्रिय पार्टीले सभामुख, संसद् र संसद् सचिवालयप्रति प्रयोग गरेको भाषा र शब्द गैरजिम्मेवार र धम्कीपूर्ण रहेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अतः माननीय गोमा लाभको कारबाही सम्बन्धमा संवैधानिक÷कानुनी उपचारमा जाने विकल्प हुँदाहुँदै सभामुखमाथि लगाइएको गैरकानुनी, असभ्य र निराधार आरोपलाई फिर्ता लिन सम्बन्धित दललाई अपिल गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिचाङका सभामुखसँग महावाणिज्यदूत निरौलाको शिष्टाचार भेट
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख