चितवन । बुद्ध एयरको जहाजबाट आज बिहान साहरा सहकारीको रकम हिनामिना गरेको अभियोगमा बयानका लागि चितवन ल्याइएका रवि लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालय चितवनमा चलिरहेको छ ।
चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछानेसँग बयान लिइरहेका छन् । लामिछानेको बयान दिउँसो १२ बजेदेखि सुरु भएको हो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार आज ४ बजे अर्थात् कार्यालय समयसम्म मात्रै बयान लिइनेछ । आज बयान नसकिए भोलि पनि गरिने जनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई साहरा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ ।
असोज ९ गतेको निवेदन र जिल्ला सरकारी वकिलले दर्ता गरेको मुद्दामा लामिछानेको नाममा किटानी जाहेरी थिएन । प्रहरीले २४ जना पीडितहरुसँग मंसिर ५ गते लिएको पुरक जाहेरीमा लामिछानेसहित १७ जना विरुद्ध सहकारीको रकम हिनामिना गरेको किटानी जाहेरी परेको थियो ।
सोही जाहेरीका आधारमा लामिछाने विरुद्ध सहकारीको रकम हिनामिना गरेको अभियोगमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सोही क्रममा आज बयानको लागि चितवन ल्याइएको हो । काठमाडौँमा बयानको क्रममा उपस्थित उनलाई पक्राउ गरिएको जिल्ला पोखरा नलगी सिधै चितवन ल्याइएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागार फर्किए रवि लामिछाने
‘मलाई जबरजस्ती निकालिएको हो, समातेर कस्टडीमा राखे हुन्छ’ : रवि लामिछाने
प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रवि लामिछानेको दाबी
प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले
उम्मेदवार टुंग्याउनु अगाडी रास्वपाले आकांक्षीहरुलाई किन भेट्न पठाउँदैछन् रवि लामिछाने ?
रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ