चितवन । बुद्ध एयरको जहाजबाट आज बिहान साहरा सहकारीको रकम हिनामिना गरेको अभियोगमा बयानका लागि चितवन ल्याइएका रवि लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालय चितवनमा चलिरहेको छ ।
चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछानेसँग बयान लिइरहेका छन् । लामिछानेको बयान दिउँसो १२ बजेदेखि सुरु भएको हो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार आज ४ बजे अर्थात् कार्यालय समयसम्म मात्रै बयान लिइनेछ । आज बयान नसकिए भोलि पनि गरिने जनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई साहरा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ ।
असोज ९ गतेको निवेदन र जिल्ला सरकारी वकिलले दर्ता गरेको मुद्दामा लामिछानेको नाममा किटानी जाहेरी थिएन । प्रहरीले २४ जना पीडितहरुसँग मंसिर ५ गते लिएको पुरक जाहेरीमा लामिछानेसहित १७ जना विरुद्ध सहकारीको रकम हिनामिना गरेको किटानी जाहेरी परेको थियो ।
सोही जाहेरीका आधारमा लामिछाने विरुद्ध सहकारीको रकम हिनामिना गरेको अभियोगमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सोही क्रममा आज बयानको लागि चितवन ल्याइएको हो । काठमाडौँमा बयानको क्रममा उपस्थित उनलाई पक्राउ गरिएको जिल्ला पोखरा नलगी सिधै चितवन ल्याइएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट