काठमाडौँ । काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रमा ट्याक्सीमा महिलाहरूलाई बोकेर हिँड्ने र यौनधन्दा गराउने गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–१ घर भएर बालाजु बस्ने सूर्य बहादुर तामाङ उर्फ प्रितम र रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भएर कागेश्वरी मनोहरा बस्ने चेत बहादुर कटुवाल छन् ।
आरोपीहरूले ललाई फकाई महिलाहरूलाई ग्राहकसँग यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले दुईवटा ट्याक्सीमा सवार ६ जना महिलाको उद्धार गरेको छ ।
सूर्य बहादुर बा.२ ज ५१४३ नम्बरको ट्याक्सी चालक र कटुवाल बा.२ ज ५१८६ नम्बरको ट्याक्सीका चालक हुन् । उनीहरू विरुद्ध प्रहरी वृत्त दरबारमार्गले मानव बेचबिखन तथा ओसारपसार अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
आरोपीहरूले ‘काममा लगाइदिन्छौ’ भनेर पीडितहरुको कमजोर आर्थिक अवस्थाको फाइदा लिएर यौन सम्पर्क गर्न बाध्य बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जना पक्राउ