काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगेका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) का लागि कर्णाली याक्सवाट खेल्नका लागि वाल्टन मंगलवार काठमाडौं आइपुगेका हुन् ।
कर्णाली याक्सका अनुसार विमानस्थलमा वाल्टनलाई मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।
सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हो ।
त्यस्तै, टोलीले वेस्ट इन्डिजबाट वाल्टन र भारतका धवनका अलावा हङकङका खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिशन मक्सूदलाई अनुबन्ध गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?
कसले जित्ला एनपीएल : सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ?
लुम्बिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै विराटनगर
एनपीएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै
एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै
एनपीएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच भिडन्त