काठमाडौँ। सहकारी ठगीको अभियोगमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौँ ल्याइँदै छ ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम ठगीसँग सम्बन्धित रहेर अनुसन्धान गर्न थप बयानका लागि लामिछानेलाई आज बिहान ८:४० बजे बुद्ध एयरमार्फत पोखराबाट काठमाडौँ ल्याउन लागिएको हो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौँबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।
लामिछानेसँगै छविलाल जोशी र कुमार रम्तेल पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनीहरू पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौँस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप उनीहरू माथि छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ मंसिर २०८१, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेलाई थुनामै राख्ने आदेश
रविजीको कोठामा दुई पंखा छन्, झ्याल थुनिएको छ: राष्ट्रिय मानवअधिकार आयोग
रविलाई भेट्न मानव अधिकार आयोगको टोली कारागार पुग्यो
रविको बैंक जमानतसम्बन्धी निवेदन न्यायाधीश सापकोटाको इजलासमा
रवि लामिछानेको पेसी आज
रवि लामिछानेको पक्षमा ३२ लाखले गरे हस्ताक्षर