काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंंहदरवारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रनको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरे ।
उनले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।
सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस गर्दै आफूलाई भाग्यमानी ठानेको बताउँदै दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, नेपाली सेनाका उपरथी मधुकर कार्कीलगायत सहभागी थिए । स्थल सेनाध्यक्ष द्विवेदीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली
‘अहिलेको डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीको दाबी : ‘०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ’
सदन सामाजिक सञ्जाललाई कन्टेन उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास हुँदैछ: प्रधानमन्त्री ओली
प्रधानमन्त्रीद्वारा एलएलडीसीको सम्मेलनबारे संसद्लाई जानकारी
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने