गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच शय्याको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो ।
धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।
उनले भने, ‘दुई करोड २८ लाखको लागतमा अस्पतालको भवन निर्माण भएको हो । भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र अर्थ सी एयरको ६० प्रतिशत लागत साझेदारी छ ।’
नवनिर्मित अस्पताल भवनको बुधबार एक कार्यक्रम आयोजना गरी पालिकालाई हस्तान्तरण भएको छ । अस्पताल सञ्चालनमा आएपछि धार्चे र चुमनुब्री गाउँपालिकाका सर्वसाधारणलाई आधारभूत स्वास्थ्योपचार सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ मंसिर २०८१, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै
भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी
देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द