म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको छ। उक्त शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन्।
प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै निःशुल्क औषधि प्राप्त गरेका अन्नपूर्ण( ३ दानाका वडाध्यक्ष रमेश पुर्जाले बताए।
चौतीस जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया र दुई जनाको आँखामा पलाएको मासु निकालिएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १० : ०१
लेखकबाट थप