काठमाडौँ । पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा प्रहरीले कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर–२ बाट ४ जनालाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ बागमती प्रदेश–०३–००१ ख १९९२ नम्बरको ट्रकमा उनीहरूले २४ वटा गोरुलाई निर्दयी तरिकाले बाँधेर लगेको भेटिएको छ ।
पक्राउ पर्नेमा मोरङको विराटनगर उपमहानगरपालिका–३ घर भएका ३८ वर्षीय हेमु श्रेष्ठ, २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरी घर भएका इसाद आलम र २७ वर्षीय समिम आलम छन् । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले गोरुलाई यातना हुनेगरी पुच्छर बाँधेको, नाक छेडेको र श्वास लिन अप्ठेरो हुनेगरी त्रिपालले छोपेको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले बताए । उनले भने,‘गोरुको सिङबाट रगत आउँदा पनि उनीहरूले निर्दयी व्यवहार गरिरहेको भेटिएको छ ।
आरोपीहरू विरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०८१, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ