काठमाडौँ। वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिरूवा गाउँपालिका–१ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका–९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका–१० झापा घर भई कामपा–२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये केसीले क्रोएसिया पठाइदिन्छु भन्दै चार जनाबाट रु आठ लाख २५ हजार, बुढाले बेलायत पठाइदिन्छु भन्दै एकजनाबाट रु दुई लाख र खड्काले क्रोएसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु दुई लाख २५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच काठमाडौँ महानगरपालिका–४ चप्पल कारखानास्थित एक घरमा जुवातास खेलिरहेको अभियोगमा आठ जनालाई गए राती प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नगद रु ७९ हजार चार सय ६५ रूपैयाँ र आठ बुक ताससमेत बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने पाँच जना पक्राउ
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ