काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको दुई वर्षमा बल्ल दुईवटा अन्तर्राष्ट्रिय उडान भएका छन् । बिहीबार सिचुवान एयरलाइन्सले १३४ यात्रुसहित पोखरामा दोस्रोपटक अवतरण गरेको हो । यसअघि २०८० असारमा पनि सिचुवानले नै पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो । दुवै उडान चार्टर्ड हुन् ।
चीनको कुनमिङ विमानस्थलबाट सिचुवान एयरलाइन्सको एयर बस ३१९ विमान पोखरामा दिउँसो २ः४० मा अवतरण गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानमा पोखरामा हुने अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताका लागि चिनियाँ खेलाडी र प्रतिनिधिहरू आएका हुन् ।
सन् २०२३ जनवरी १ मा पोखराको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको थियो । त्यसयता उक्त विमानस्थलबाट नियमित रुपमा आन्तरिक उडान मात्रै भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ कार्तिक २०८१, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य
रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
वायु प्रदुषणका कारण उडानहरु प्रभावित
बाक्लो तुवाँलोले त्रिभुवन विमानस्थलमा उडान प्रभावित
भोजपुरमा ३ महिनापछि उडान शुरू
पोखरा-छेन्दु आजदेखि नियमित उडान