सर्लाही । सर्लाहीमा निर्माणाधीन घरको पर्खाल भत्किएर एक मजदुरको मृत्यु भएको छ । उक्त घटनामा एक जना घाइते भएका छन् ।
बरहथवा नगरपालिका–७ मा राजनारायण साहको निर्माणाधीन घरको पर्खाल भत्किएर च्यापिँदा आज बसवरिया गाउँपालिका–३, बगलवाका १७ वर्षीय रविन माझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक गौतम खड्काले जानकारी दिए ।
घाइते माझीको बरहथवा बजारस्थित भेनस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही घटनामा परेर बरवरिया गाउँपालिका–३, क्याम्प चोकका १९ वर्षीय विकास महतो घाइते भएका छन् । उनको बरहथवास्थित ह्याप्पी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ कार्तिक २०८१, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु