काठमाडौँ । काठमाडौँमा भएको साफ महिला च्याम्पियनसिप उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिने भएको हो । मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउने छन्।
बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बांङ्लादेशसँग २-१ ले पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
एनआरएनएका पदाधिकारीलाई गैंडाकोट नगरको सम्मान
नवलपरासी पूर्वमा ८६ सहिदका परिवारलाई सम्मान
साहित्यकार अमर अधिकारीलाई सम्मान