देशमा सुशासन र विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नु पर्छ : प्रचण्ड

आइतबार, १६ पुस २०७४, १२ : २९
देशमा सुशासन र विकासका लागि सत्तापक्ष र प्रतिपक्ष  मिलेर अघि बढ्नु पर्छ : प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको समृद्धि र विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि जानुपर्ने बताएका छन् ।

आइतबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सबै दल मिलेर जाने वातावरण बनाउन कोसिश गरिरहेको छु' । एमाले र कांग्रेससँग छलफल भइरहेको छ । उनले देशमा सुशासन र विकासका निम्ति  सत्तापक्ष र प्रतिपक्ष मिल्न आवश्यक रहेको बिचार व्याक्त गरे ।

सबै दलहरु मिलेर देश निर्माण गर्नुपर्ने भन्दै प्रचण्डले त्यसका लागि आफूले पहल गरिरहेको बताए । आफ्नै पहलमा राष्ट्रिय सभा सम्बन्धी अध्यादेश अगाडि बढेको भन्दै प्रचण्डले राजनीतिक निकासका लागि सबैसँग मिलेर जानु पर्ने बताए । उनले भने 'त्यसो गर्न सकिएन भने नेपालको भविष्य अप्ठेरोमा पर्छ ।’

प्रतिक्रिया दिनुहोस