काठमाडौँ । गुल्मी जिल्लाको रेसुंगा विमानस्थलबाट एक महिनापछि पुनः उडान सुरु भएको छ । मौसम खराबको कारणले असोज ४ गतेदेखि लगातार उडान अवरुद्ध हुँदै आएको थियो ।
मौसममा सुधार आएको भन्दै बुधबार र शुक्रबार उडान सुरु गरेको नेपाल एयरलाइन्स रेसुंगा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताए । चाडपर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा नागरिकले सेवा लिन पाएका थिएनन् ।
बहुसङ्ख्यक नेपालीको महत्त्वपूर्ण चाडपर्वकै बेला लगातार उडान अवरुद्ध हुँदा सेवाग्राहीसमेत असन्तुष्ट छन् । रेसुंगा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ ।
बिहानी समयमा बादल लाग्ने गरेकाले लगातार उडान अवरुद्ध हुँदै आएको थियो । मौसम खराबको कारणले गत असारको दोस्रो साताबाट २ महिनासम्म उडान अवरुद्ध हुँदै आएको थियो ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ कार्तिक २०८१, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य
रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
वायु प्रदुषणका कारण उडानहरु प्रभावित
बाक्लो तुवाँलोले त्रिभुवन विमानस्थलमा उडान प्रभावित
भोजपुरमा ३ महिनापछि उडान शुरू
पोखरा-छेन्दु आजदेखि नियमित उडान