काठमाडौँ । गुल्मी जिल्लाको रेसुंगा विमानस्थलबाट एक महिनापछि पुनः उडान सुरु भएको छ । मौसम खराबको कारणले असोज ४ गतेदेखि लगातार उडान अवरुद्ध हुँदै आएको थियो ।
मौसममा सुधार आएको भन्दै बुधबार र शुक्रबार उडान सुरु गरेको नेपाल एयरलाइन्स रेसुंगा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताए । चाडपर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा नागरिकले सेवा लिन पाएका थिएनन् ।
बहुसङ्ख्यक नेपालीको महत्त्वपूर्ण चाडपर्वकै बेला लगातार उडान अवरुद्ध हुँदा सेवाग्राहीसमेत असन्तुष्ट छन् । रेसुंगा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ ।
बिहानी समयमा बादल लाग्ने गरेकाले लगातार उडान अवरुद्ध हुँदै आएको थियो । मौसम खराबको कारणले गत असारको दोस्रो साताबाट २ महिनासम्म उडान अवरुद्ध हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ कार्तिक २०८१, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुबई र रियादमा हुने क्याथे प्यासेफिकको उडान स्थगित
हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य