काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ ।
अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका थिए । तर दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा दर्ता गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालत प्रशासनले एमाले पार्टी कार्यालय दान लिनेदिने विषयमा रिट निवेदकको सार्थक सम्बन्ध नरहेको भन्दै दरपीठ आदेश दिएको थियो । तर न्यायाधीश श्रेष्ठको इजलासले निवेदकले रिट दिन पाउने वा नपाउने विषय इजलासबाटै टुंगो लाग्ने भन्दै दर्ता गर्न आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी