काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको सिफारिस गर्न सरकारले समिति पुनर्गठन गरेको छ।
मन्त्रिपरिषद्को कात्तिक २ गते बसेको बैठकले गत २०८० चैत ३० गतेको निर्णयानुसार गठित सिफारिस समिति पुनर्गठन गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
पुनर्गठित समितिको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्र तोकिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा उनले तोकेको व्यक्ति आयोगको सदस्य रहनेछन्।
त्यस्तै पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कुमार कार्की, स्टेला तामाङ सिफारिस समितिको सदस्य तोकिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०८१, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी
इराकमा कार्यरत नेपालीलाई अभिलेखमा ल्याउन श्रम स्वीकृति दिने सरकारको निर्णय
आज मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक आज बस्दै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय