 
                                    सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी नदीको किनारमा बन्ने आधुनिक सहरको भवन शिलान्यास गरेका छन् । उनले आइतबार एक कार्यक्रमका बिच सुर्खेतको गुर्भाकोट नगपालिका–१२, शुभाघाट भेरीगंगा उपत्यकामा बन्ने आधुनिक सहर आयोजनाको भवनको शिलान्यास गरेका हुन् ।
खड्काले शिलान्यास पश्चात् भेरीगंगामा आधुनिक सहरले पूर्ण आकार लिन अझै २५ वर्ष लाग्ने बताए । करिब २२ अर्ब लागत लाग्ने अनुमान गरिएको आधुनिक नयाँ सहर आयोजना नेपालमा परिकल्पना गरिएका ५० भन्दा बढी सहरमध्ये सबैभन्दा ठुलो भूगोल छ ।
खड्काले विभिन्न कारणले मुलुकको अर्थतन्त्र दयनीय रहेको बताउँदै ऋणपत्र जारी गरेर मुलुक चलाउनु परेको बताए । जसका कारण विकासका काममा केही समस्या भइरहेको उनको भनाइ छ ।
 
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०८१, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रतिनिधि सभा विघटन असंवैधानिक’ : पूर्णबहादुर खड्का
‘सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्व’: पूर्णबहादुर खड्का
काँग्रेस चुनावमा जान तयार छ: पूर्णबहादुर खड्का
कांग्रेस चुनावबाट भाग्दैन : पूर्णबहादुर खड्का
काँग्रेसले काँग्रेसलाई हराउने महारोग छाडे ०८४ मा सहजै बहुमत ल्याउन सकिन्छ: पूर्णबहादुर खड्का
नागरिकता सम्बन्धी विधेयक छिटो पारित गरौं : उपसभापति खड्का