सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी नदीको किनारमा बन्ने आधुनिक सहरको भवन शिलान्यास गरेका छन् । उनले आइतबार एक कार्यक्रमका बिच सुर्खेतको गुर्भाकोट नगपालिका–१२, शुभाघाट भेरीगंगा उपत्यकामा बन्ने आधुनिक सहर आयोजनाको भवनको शिलान्यास गरेका हुन् ।
खड्काले शिलान्यास पश्चात् भेरीगंगामा आधुनिक सहरले पूर्ण आकार लिन अझै २५ वर्ष लाग्ने बताए । करिब २२ अर्ब लागत लाग्ने अनुमान गरिएको आधुनिक नयाँ सहर आयोजना नेपालमा परिकल्पना गरिएका ५० भन्दा बढी सहरमध्ये सबैभन्दा ठुलो भूगोल छ ।
खड्काले विभिन्न कारणले मुलुकको अर्थतन्त्र दयनीय रहेको बताउँदै ऋणपत्र जारी गरेर मुलुक चलाउनु परेको बताए । जसका कारण विकासका काममा केही समस्या भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०८१, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत