काठमाडौं। उत्तरी लेबनानमा इजरायली हवाई हमलामा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको छ ।
उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला भएको मन्त्रालयको दाबी छ । यो क्षेत्र अधिकांश क्रिस्चियनहरू बसोबास गर्ने क्षेत्र हो ।
इजरायली सेनाले आक्रमणबारे केही बताएको छैन । पछिल्लो एक महिनादेखि जारी इजरायली हमलामा १७ सय जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २९ असोज २०८१, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबननमा इजरायलको आक्रमण, मारिए हिजबुल्लाहका कमान्डर
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
गाजामा इजरायलको पुन: घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा