काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको दिन टिका लगाइदिने भएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार इच्छुक मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामति, जंगी, प्रहरी तर्फका अधिकृत स्तर सम्मका राष्ट्रसेवकहरूलाई अपरान्ह ३ बजेदेखि ३:३० बजे सम्म टिका लगाइदिने कार्यक्रम रहेको छ ।
त्यस्तै इच्छुक सर्वसाधारणलाई अपरान्ह ३: ३० बजेदेखि ५ बजेसम्म टिका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति कार्यलयका अनुसार मर्यादित पोशाकमा प्रवेशद्वारनम्बर १ बाट प्रवेश गर्न पनि आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २३ असोज २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ’: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूत जोनस्टनको बिदाइ भेट
४ देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल स्वेदश फर्किए