काठमाडौँ । पाकिस्तानको कराँचीस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार राति भएको विस्फोटमा दुई चिनियाँ नागरिकको मृत्यु भएको छ । यस घटनामा एक चिनियाँ नागरिक पनि घाइते भएका छन् ।
यस घटनामा चीनले विज्ञप्ति जारी गर्दै भनेको छ, 'पाकिस्तानको कराँची अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आतंकवादी हमलामा हाम्रा दुई नागरिकको मृत्यु भएको छ ।' चिनियाँ दूतावासले पनि आफ्नो विज्ञप्तिमा धेरै स्थानीय घाइते भएको उल्लेख गरेको छ ।
यस घटनाको जिम्मेवारी पाकिस्तानको पृथकतावादी समूह ‘बलोच लिबरेशन आर्मी’ले लिएको छ । समूहले चिनियाँ इन्जिनियर र लगानीकर्तालाई निशाना बनाएको बताएको छ ।
घटनास्थलमा पुगेका कराँची प्रहरीका प्रवक्ता गुलाम महेसरले पत्रकारहरूलाई भने कि विस्फोटले इन्धन ट्याङ्करमा पनि आगो लगाएको छ र नजिकैका धेरै सवारीसाधनहरू जलेको छ ।
यो घटनापछि सांघाई सहयोग संगठनका नेताहरुको शिखर सम्मेलन आयोजना गर्ने तयारीका कारण पाकिस्तानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २१ असोज २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
नाइजेरियाको ग्यास खानीमा विस्फोट हुँदा ३८ मजदुरको मृत्यु
मेघालय कोइलाखानी विस्फोट : खोटाङका तीनजनाको मृत्यु, एक जना बेपत्ता
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३१ पुग्यो
रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, युवकको मृत्यु