काठमाडौँ । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ कोठरी बस्ने चेतनारायण धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने ३० वर्षीय अनिल नेपाली समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५ सय ८५ रुपैयाँ, २ बुक र कौडा १६ थान सहित पक्राउ गरेको हो ।
कैलाली, जानकी गाउँपालिका-२ बढरिया बस्ने धन बहादुर थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय जगत साउद समेत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ७ सय ५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।
तनहुँ, म्याग्दे गाउँपालिका-३ पसले घुमाउने चौतारास्थित किरियापुत्री भवनको टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय जित बहादुर दर्लामी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असोज २०८१, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ