काठमाडौं। काठमाडौंको चमतीबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका १९ वर्षीय नवीन रिजाल, काठमाडौंका २६ वर्षीय अनिश महर्जन, चितवनकी २५ वर्षीय अनु तामाङ, धादिङका ४० वर्षीय केशर स्याङ्तान, धादिङका २८ वर्षीय राजेश परियार र तनहुँका सुवास परियार छन् ।
उनीहरूलाई प्रहरीले बिहीबार दिउँसो काठमाडौंको चमतीबाट पक्राउ गरेको हो । नवीन रिजालको कोठामा लागुऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट नाइट्राभेट ७६५ पिस, ट्रामाडोल ५५० पिस, स्ट्रागन ३७० पिस, स्पास ३० पिस, गाजाको धुलो अन्दाजी २०० ग्राम, २९ हजार ७ सय रुपैयाँ नगर, धारिलो हतियार चक्कु थान १ र फलामको नख थान १ बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असोज २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
कर्मचारीमाथि कुटपिट गर्ने नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
नक्कली परीक्षार्थी पक्राउ