काठमाडौं– कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसीडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त छिन् ।
सो सम्मेलनको ‘साइडलाइन’ मा परराष्ट्रमन्त्री डा राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवम् मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेकी हुन । सो सम्मेलनमा एसीडी समूहमा आबद्ध एसियाली राष्ट्रहरूका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरूको सहभागिता रहेको छ ।
सो सम्मेलनलाई सम्बोधनपछि मन्त्री डा राणाले बिहीबार किर्गीज गणतन्त्रका उपप्रधानमन्त्री एदिल बैसालभ, म्यानमारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री यु थान स्वे, साउदी अरेबियाका युवराज एवं विदेशमन्त्री फाइसल बिन फराह अल साउदसँग भेटवार्ता गरिन्। त्यसैगरी मन्त्री डा राणासँग संयुक्त अरब इमिरेट्स वैदेशिक व्यापारसम्बन्धी राज्यमन्त्री डा. थानी अहमद अल जियोदीले पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।
ती भेटहरुमा आपसी हित र चासोका विविध विषयहरुका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्यबारे कुराकानी भएको थियो ।
परराष्ट्रमन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर आज दोहाबाट स्वदेश फर्कँदै छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असोज २०८१, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया जिम्मेवार हुनुपर्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता