काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महत्वपूर्ण शाखा खाली गराएर सरुवा गरेको पाइएको छ । मन्त्री विद्या भट्टराईले संस्थागत संरचना र व्यावहारिकता ख्यालै नगरी सरुवा गरेको आरोप लागेको छ।
केन्द्रको बजेट तथा योजनाको उपसचिव अर्जुन ढकाल, अधिकृतद्वय मुक्ता पोखरेल र प्रकाश खरेल सरुवा भएका छन्।
केन्द्रको मुख्य शाखाका रूपमा रहेको योजनामा अहिले कोही पनि कर्मचारी छैनन् । त्यस्तै, तथ्यांक शाखा (इमिस) का प्रमुख रामचन्द्र शर्मा तिमल्सिनालाई पनि सरुवा गरेको छ। इमिस शाखाले देशैभरका विद्यालय, विद्यार्थीलगायतको तथ्यांक राख्ने निकाय हो । सो शाखा पनि तत्काल रिक्त भएको छ।
मन्त्रालयले केन्द्रको अधिकारसमेत हस्तक्षेप गरी प्राविधिक सहायक र नायब सुब्बासमेतलाई सरुवा गरेको छ। ती कर्मचारीको सरुवा गर्ने अधिकार केन्द्रलाई नै हुने व्यवस्था छ । मन्त्रालयले ७ सहसचिवसहित २ सय २५ जनालाई एकैपटक सरुवा गरेको हो। नेपाल समाचारपत्रमा खबर छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असोज २०८१, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा
सीडीओसहित गृहका ८ कर्मचारी सरुवा
२९३ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा
१५ उपसचिवको सरुवा (सूचीसहित)
१७ डिएसपीको सरुवा (सूचीसहित)
चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा