झापा । हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
“जङ्गली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको खबर पाएका थियौँ । खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो”, सूचना अधिकारी चन्दले भने, “घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षित राखेका छौँ । मृतकको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको छ ।”
झापामा केही वर्षयता जङ्गली हात्तीको आक्रमणबाट जङ्गल आसपासका बासिन्दाको मृत्यु हुने गरेको छ । जङ्गलमा घाँस दाउरा लिन, च्याउ र निगुरो टिप्न र गाईवस्तु चराउन जाँदा हात्तीले मानिसमाथि आक्रमण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १७ असोज २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जंगली हात्तीको आक्रमणबाट १ महिलाको मृत्यु
हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल
बराह क्षेत्रमा जंगली हात्ती मृत फेला
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु