काठमाडौं। नेपाल-इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई)ले कोलकातास्थित इटालीका महावाणिज्यदूत रिकार्डो डल्ला कोस्टासँग उच्चस्तरीय द्विपक्षीय छलफल गरेको छ ।
एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत श्रीमती प्रतिमा पाण्डे नेतृत्वको टोलीले उक्त छलफलमा नेपाल–इटाली व्यापार सम्बन्ध विस्तारबारे चासो राखेको थियो ।
बैठकले उत्पादन, कृषि, पर्यटन र प्रविधिजस्ता मुख्य क्षेत्रहरूमा सहकार्यको महत्त्वलाई जोड दिएको थियो ।दुवै देशका लागि सम्भावित वृद्धि क्षेत्रहरू पहिचान गर्दै आगामी व्यापार मेला र व्यावसायिक फोरमहरूको योजना पनि बनाइएको छ । जसले सीमापार लगानी र साझेदारीका अवसरहरूलाई प्रोत्साहित गर्ने एनआईसीसीआईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुवै पक्षले आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन साझा दृष्टिकोण प्रस्तुत गरेका छन् । जसले नेपाल र इटालीबीचको द्विपक्षीय व्यापार र लगानीलाई प्रवर्द्धन गर्ने र दक्षिण एशियाली बजारमा पनि संलग्नता विस्तार गर्ने सम्भावनाहरू खोज्ने उद्देश्य राखेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असोज २०८१, १४ : ५४
लेखकबाट थप