प्रचण्डले भने, वामदेव चुनावमा पराजित हुँदा नमीठो लागेको छ

शनिबार, १५ पुस २०७४, १७ : ४३
प्रचण्डले भने, वामदेव  चुनावमा पराजित हुँदा नमीठो लागेको  छ

चितवन । माओवादी अध्यक्ष प्रचण्डले सबैभन्दा धेेरैले मतले जित्ने अपेक्षा गरिएका वामदेव गौतम गठबन्धनका वाम गौतम पराजित हुँदा नमीठो लागेको बताएका छन् ।

एमाले उपाध्यक्ष गौतम प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । शनिबार गौतमकै पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले प्रतिनिधिसभामा आउनुपर्ने गौतम हार्दा नमीठो लागेको बताए ।

प्रचण्डअघि बोलेका कांग्रेस नेता रामचन्द्र पौडेलले चुनावमा पैसाको खोलो बगेको बताएका थिए । तनहुँ १ मा पराजित पौडेलले यसले लोकतन्त्र र प्रजातन्त्रलाई घायल बनाएको र भोलि थला नै पार्ने त होइन  भन्ने लागेको बताए ।

प्रचण्डले पौडेलले भनेजस्तै पैसा र विसंगतिको मारमा वामदेव परेको बताए । चुनावी हारपछि वामदेव र आफ्नो पहिलो भेट लाजिम्पाटमा भएको स्मरण गर्दै प्रचण्डले भने, ‘उहाँले मलाई केही चाहिएको छैन, पार्टी र सरकारले देशको आर्थिक विकासको कुनै न कुनै संरचनामा फिट गरे हुन्थ्यो भन्नुभएको छ ।’ गौतममा देश निर्माणको महत्वाकांक्षा रहेको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस