काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी, मधेस र वाग्मती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना