विराटनगर । माघ महिनामा कोशी प्रदेश सरकारले पहिलो लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औधोगिक वातावरण बनेको सन्देश दिन माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने भएको हो ।
कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले सम्मेलनको अवधारणा पारित गर्दै मिति तय गरेको हो । प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटमा पनि लगानी सम्मेलन गर्ने शीर्षक करिब ३ करोड रुपैयाँ बजेट छुटयाएको छ । प्रदेश लगानी प्राधिकरणले सम्मेलनका लागि समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने छ ।
लगानी सम्मेलननका लागि नेपाल, भारत र तेस्रो मुलुकका लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ । सम्मेलनका लागि प्रदेशले गर्नुपर्ने कानुन संशोधन तत्कालै गर्ने तयारी सरकारको छ ।
पीपीपी मोडलमा निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यसहित लगानी सम्मेलन आयोजना गर्न लागिएको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित