प्रधानमन्त्री देउवा भन्छन्, प्रधानमन्त्रीको कुर्सीमा बसिरहन रहर छैन

शनिबार, १५ पुस २०७४, १७ : २५
प्रधानमन्त्री देउवा भन्छन्,  प्रधानमन्त्रीको कुर्सीमा बसिरहन रहर छैन

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ताको कुर्सीमा बसिरहन कुनै रहर नभएको बताएका छन् ।

काठमाडौँको टुँडिखेलमा आयोजित ल्होसार कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले  लोकतन्त्रिक इतिहास बोकेको  कांग्रेस जस्तो पार्टीप्रति अनेक शंका उपशंका नगर्न एमाले र माओवादी केन्द्रसँग आग्रह समेत गरे ।

अध्यादेश जारी गरेर राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रियालाई सहज पारेको प्रति धन्यवाद प्रकट गर्दै उनले आफू छिटोभन्दा छिटो नेतृत्व हस्तान्तर गर्न आतुर रहेको बताए ।  
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागतमा आज टुडिखेलमा  ‘तमु ल्होसार’ पर्व मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस