वाम गठबन्धनलाई टुटाउने खेल भइरहेको छ , त्यो कुनै पनि हालतमा सफल हुँदैन : अध्यक्ष ओली

शनिबार, १५ पुस २०७४, १७ : ११
वाम गठबन्धनलाई टुटाउने खेल भइरहेको छ , त्यो कुनै पनि हालतमा सफल हुँदैन : अध्यक्ष ओली

तस्बिर : रातोपाटी


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वाम गठबन्धनलाई टुटाउने खेल भइरहेको भन्दै त्यो कुनै पनि हालतमा सफल नहुने बताएका छन् ।
एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै शनिबार ओलीले भने- ‘जनताले लडेर ल्याएको संघीय गणतन्त्र आएको छ, संविधान बनेको छ, निर्वाचन सम्पन्न भएको छ । अलिअलि क्याङक्याङ कुङकुङ त हुन्छ, तर त्यसले केही गर्न सक्दैन । अब नेपाल अगाडि बढ्छ बढ्छ ।’ प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री हुन भनि आएको अफर वाम गठबन्धनलाई टुटाउनको लागि मात्रै भएको  बताए ।

‘इतिहासको मूल्यांकनका सन्दर्भमा फुर्सदमा छलफल गर्दै जाऔंला’, उनले अगाडि भने, ‘मतभेदहरु होलान्, छलफलका विषयहरु हुन सक्छन् । तर, पृष्ठभूमि र आजको अवस्था विगत र वर्तमानभन्दा पृथक हाम्रा नीतिहरु हुन्छन् । आजका आवश्यकताका आधारमा नीतिहरु बन्छन् ।’
२ नम्बर प्रदेशबाहेक सबैमा वाम सरकार बन्ने भन्दै ओलीले  स्थानीय तहमा पनि  २० हजार बढी प्रतिनिधि वामपन्थी  रहेकाले विकासले फड्को मार्ने  दाबी गरे ।

वाम गठबन्धनले सबैसँग मिलेर अघि बढ्न चाहेको भन्दै ओलीले भने, ‘ एक्काइसौं सताब्दी हो कसैको सहारा लिएर हिँड्दैनौं  । लोकतान्त्रिक पार्टी भएकाले कानुनी राज्य, सुशासन र भ्रष्टचार नियन्त्रण प्रमुख प्राथमिकता हो ।’
कांग्रेसले लोकतन्त्रको कुरा गर्दै हिँडेपनि  व्यवहारमा त्यस्तो नदेखिएको आरोप समेत ओलीले लगाए । ओलीले तत्काल  माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुन नसकेपनि वाम सरकार बन्ने समेत सो क्रममा बताए ।

प्रतिक्रिया दिनुहोस