काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असोज २०८१, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, कति छ आज तोलाको ?
सुनको भाउ बढ्यो, चाँदी घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?