काठमाडौं । देशभरका सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ। हाल देशभरका जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणमा उल्लेख छ ।
हालसम्म डेंगु रोगको सङ्क्रमणबाट यो वर्ष ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ ।
पछिल्लो समय डेंगुले विकराल रूप लिएको छ । डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । अहिले देशका ७७ वटै जिल्लामा यो रोग देखा परेको छ ।
डेंगुका धेरैजसो बिरामीमा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने शरीरमा डाबरहरु आउने, जोर्नी तथा मांसपेशीहरू बेस्सरी दुख्ने आदी लक्षणहरू देखा परेको चिकित्सकहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु पुष्टि
चितवनमा डेंगु सङ्क्रमण घट्दो क्रममा
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु
देशभर २८ हजार डेंगु सङ्क्रमित, मृतक संख्या १२ पुग्यो