काठमाडौँ । श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बारेमा निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक जारी छ । सोमबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बैठक बसेको हो ।
प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट नभएपछि उनको नाम समितिबाट अनुमोदन हुन बाँकी थियो । यसअघि समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको थियो ।
भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्योलता सिर्जना भएको थियो । तर उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन्। भट्टराई नेपाली कांग्रेसको कोटाबाट राजदूतमा सिफारिस भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडा निर्विरोध
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी
संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यको नाम अनुमोदन
माओवादी सांसदले गरे संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार