काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।
रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरूलाई यथाशक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् ।
रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरू पार्टी कार्यालय वनस्थलीमा छन् ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो ।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज, निर्वाचन केन्द्रित भूमिकामा खटाउने
रास्वपा सचिवालय बैठकले गरे यि ५ निर्णय
रास्वपाले बनायो निर्वाचन लक्षित तीन कार्यदल
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् कार्यसूची
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
सन्तोष परियारले छाडे रास्वपा