२४ घण्टामा युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा ‘रुपै मोहनी’ (भिडियो सहित)

शनिबार, १५ पुस २०७४, १४ : ५१

चितवन । नेपाली कथानक चलचित्र ‘शत्रुगते’ को गीत ‘रुपै मोहनी’ युट्युब ट्रेन्डिङमा आइपुगेको छ । गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङमा २ नम्बरमा पुगेको छ ।  १२ घण्टामा गीत आठ लाखभन्दा धेरैले हेरिसकेका छन् । 
गीत शुक्रबार अपरान्ह युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो ।  
हरिवंश आचार्य, दिपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरी पौडेल लगायतका कलाकार गीतमा फिचर छन् । टंक बुढाथोकी र मिना निरौलाको स्वर रहेको गीतको शब्द लोकराज अधिकारीले लेखेका हुन् । गीतमा संगीत पनि टंक बुढाथोकीले नै भरेका छन् ।
मह संचारको व्यानरमा बनेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका छन् । चलचित्र चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस