काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ ।
राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन सयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यसक्रममा राष्ट्रसंघका महासचिव गुटेरेससँग औपचारिक भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार साँझ ६ बजे महासचिव गुटेरेससँग भेटवार्ता गरेका उनको सचिवालयले जनाएको छ ।
त्यसअघि शनिबारै प्रधानमन्त्री ओलीले जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्या सिंह, प्रमुख स्वकीयसचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतकुमार राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायत संलग्न छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, ०६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री
विश्वविद्यालयहरूले बजेट र कार्यक्रम आर्थिक वर्ष सुरु हुनुअघि पारित गरिसक्यो : प्रधानमन्त्री
साउन ७ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल
सेवा प्रवाहमा अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ : प्रधानमन्त्री ओली